२ अर्ब लगानीमा मेरियटले काठमाडौंमा मोक्सी होटल खोल्ने
काठमाडौं । मेरियट इन्टरनेशनलले इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिको लगानीमा काठमाडौंमा मोक्सी होटल खोल्ने भएको छ ।
कमलादीमा बन्ने होटल १०८ कोठाको हुनेछन्। होटल सन् २०२५ सम्ममा निर्माण गरिसक्ने मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच भएको सम्झौतामा उल्लेख छ ।
मोक्सी होटलको ब्रान्ड नेपालमा भित्र्याउनका लागि इन्टरनेशलन हिमालय हस्पिट्यालिटीसँगको सहकार्यमा काम गर्न उत्साहित भएको मेरियट इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष निरज गोभिलले बताए ।
‘मोक्सी जस्तो ब्राण्ड पहिलो पटक शुरू गर्न लागेकोमा म निकै खुशी छुु, इन्टरनेशलन हिमालय हस्पिट्यालिटीको मातृ कम्पनी एमएस ग्रुपका निर्देशक गौरव अग्रवालले भने, ‘म्यारियटसँगको सहकार्यमा यो नेपालको तेस्रो होटल हो ।’
विशेष गरी युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकोले परम्परागत होटलभन्दा फरक र ह्यापेनिङ हुने बताइएको छ । होटलमा बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बारलगायतको सेवाहरू समावेश गरिनेछ । त्यस्तै फिटनेस सेन्टर, आउटडोर पुल पनि रहनेछन् ।
कमलादीमा बैंक अफ काठमाडौंको छेउमा रहेको २ रोपनी क्षेत्रफल जग्गामा होटल निर्माण गरिनेछ । जसका लागि २ अर्ब रुपैयाँ लागत लाग्नेछ ।
मोक्सी स्ट्यालिस बजेट होटलका रुपमा विश्वविख्यात छ । मेरियटका धेरै ब्राण्डमध्ये यो पनि एक हो, जसमध्येको मोक्सी पनि एक हो ।
होटल निर्माणमा नेपालीपन झल्कने गरी डिजाइन गरिएको छ । जसमा नेपाली सस्कृति, परम्परा झल्कने सामग्रीहरु राखिनेछन् ।
‘यो होटल फन होटल हो, जहाँ एक्लै गएर पनि भरपूर रमाइलो गर्न सकिन्छ,’ होटलका सञ्चालक शशिकान्त अग्रवालले भने, ‘जहाँ विभिन्न ब्याण्डका म्यूजिकको र रेडिमेड पार्टीको व्यवस्था हुन्छ ।’
पछाडि झोला भिरेर आउने पर्यटकहरुलाई ब्याग प्याकर्स भनिन्छ । पछाडि झोला भिरेर सबैकुरा झोलामै बोकेर हिँड्ने धनाड्य पर्यटक अर्थात् रिच ब्याग प्याकर्सलाई लक्षित गरेर होटल बनाउन लागिएको उनी बताउँछन् ।
‘हामीसँग हिमाल छ, धर्मरसंस्कृति छ, वातावरण छ, ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, अन्य एडभेञ्चर टुरिजममा उत्तिकै अवसर छ,’ अग्रवाल भन्छन्, ‘हामी १० लाख पर्यटक भित्र्याउने कुरा गरिरहेका छौं, मलाई लाग्छ सरकारले अलिकति पूर्वाधार बनाइदिने हो भने हामी १ करोड पर्यटक भित्र्याउन सक्छौं ।’
कोर इन्ड्रस्टीमा मात्रै लगानी गरिरहेका अग्रवालले पछिल्लो समय सेवा क्षेमा पनि लगानी विस्तार गरिरहेका हुन् । उनको करिब आधा दर्जन बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो मात्रामा प्रमोटर सेयर छ ।
साढे ४ वर्षअघि मात्रै लगानीकर्ताकारुपमा होटलमा प्रवेश गरेका अग्रवालसँग कमलादीमा बनाउने म्यारियट मोक्सी सञ्चालनमा आइसकेपछि बेड संख्या खसाढे ३ सय पुग्छ ।