प्रि-ओपनिङमा ६.९० अंकले बढ्यो नेप्से, ४९ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सोमबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ६.९० अंकले बढेर ३०८७.९१ अंक पुगेको छ ।

प्रि-ओपनिङमा ६८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा नेपाल फाइनान्स, अपि पावर कम्पनी, वोमी माइक्रोफाइनान्स, समता घरेलु, सिनर्जी पावर, युनाइटेड इन्स्याुरेन्सलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु