सेलपे वार्षिकोत्सवमा ग्राहकलाई डाटा उपलब्ध गराउने



काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले ग्राहकलाई डाटा प्याक उपलब्ध गराउने भएको छ । कम्पनीले ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सक्रिय ग्राहकहरुलाई उपहार स्वरूप नेपाल टेलिकम र एनसेलको डाटा प्रदान गर्ने भएकोे छ ।
ग्राहकहरुले सेलपेमा रजिष्टर गरिएको मोवाइलमा साउन १६ गते नेपाल टेलिकम र एनसेलको डाटा प्याक प्राप्त गर्ने छन् ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेबाट बास्तविक समयमा भुक्तानी र बैंक खाताका साथै वालटेटबा पनि कारोबार गर्न सकिनेछ ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी गर्न सकिन्छ ।

फोनपे नेटवर्कका करीब ५ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी, बी२बीलगायत वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले सेलपे कार्ट सेवा मार्फत सजिलै घरबाटै बिभिन्न सामानहरु खरिद गर्न सक्नेछन् ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।


क्लिकमान्डु