सिटिजन्स बैंकले नाफा ३३.४% ले नाफा बढ्यो, लाभांश क्षमता साढे १२ प्रतिशत



काठमाडौं । सिटिजन्स बैंकले नाफा ३३.४० प्रतिशतले बढेको छ । सिटिजन्स बैंकले गत आर्थिक २०७७/७८ मा १ अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब १९ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले १ अर्ब ५७ करोड रुपैयाँ गत आर्थिकवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा गरेको छ ।

सिटिजन्स बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड चुक्ता पूँजी रहेको छ । यस आधारमा गत वर्षको नाफाबाट मात्र १२.४९ प्रतिशत लाभांश बाड्न सक्छ । तर,पूर्ण लेखापरिक्षण हुँदा यो फरक छ । राष्ट्र बैंकले भदौ १५ गतेसम्म उठेको ब्याजलाई पनि असार मसान्तसम्म देखाउन पाउने व्यवस्था गरेको छ ।

सिटिजन्स बैंकले एकवर्षमा ५२.११ प्रतिशतले कर्जा बढाएको छ भने कर्जा ५५.१३ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा सिटिजन्स बैंकले निक्षेपको आकार १ अर्ब ४३ करोड छ भने १ अर्ब २३ करोड रुपैयाँ कर्जाको आकार पुराएको छ । सिटिजन्स बैंकले गतवर्ष क्षेत्रिय स्तरको तिनाउ विकास बैंकलाई गाभेको थियो ।

सिटिजन्स बैंकको १३.८८ प्रतिशत पूँजीकोष अनुपात रहेको छ । बैंकको खराब कर्जा अनुपात २.७७ प्रतिशत रहेको छ । गतवर्षको भन्दा खराब कर्जा बढेको छ । गतवर्ष खराब कर्जा १.५५ प्रतिशत रहेको थियो । बैंकको स्प्रेडदर ३.५९ रहेको छ । बेसरेट ७.५५ रहेको छ ।


क्लिकमान्डु