घट्यो आइफोन १२ सिरिजका २ मोडलको मूल्य, कुनको कति ?



काठमाडौं । बिहीबार आइफोन बिक्रेता इभो स्टोरले आइफोन १२ सिरिजको २ वटा मोडेलको मूल्य समायोजन गरेको छ ।

आइफोन १२ सिरिजका ४ वटा मोडलमध्ये १२प्रो र १२प्रो म्याक्सको मूल्य समायोजन गरेको हो । १ लाख ६९ हजार ९०० रुपैयाँ पर्ने १२प्रोको १२८ जिबी भेरियन्टको मूल्य समायोजन गरेर १ लाख ६३ हजार ३०० रुपैयाँ बनाइएको छ । साथै १ लाख ८६ हजार ९०० रुपैयाँ पर्ने १२ प्रोको २५६ जिबी भेरियन्टको मूल्य अहिले १ लाख ७९ हजार ९०० रुपैयाँ गराइएको छ ।

यसैगरी १ लाख ८५ हजार ९०० रुपैयाँ पर्ने १२ प्रो म्याक्सको १२८ जिबी भेरियन्टको मूल्य अहिले १ लाख ७९ हजार ९०० रुपैयाँ गराइएको छ ।

साथै २ लाख २ हजार ९०० रुपैयाँ मूल्य पर्ने १२ प्रो म्याक्सको २५६ जिबी भेरियन्टको मूल्य अहिले १ लाख ९६ हजार ९०० रुपैयाँ गराइएको छ ।

इभो स्टोरका अनुसार आफ्नो साझेदारी बैंकको क्रेडिट कार्डबाट आवेदन दिए अग्रीम भुक्तानी बिना नै इएमआई सुविधामा फोन खरिद गर्न पाइन्छ । साथै यो छुटसहितको फोन खरिद गर्न काठमाडौं उपत्यका दरबार मल, लबिम मल, शेर्पा मल, होटल तिब्बत इन्टरनेशनल र पोखरामा मिड–टाउन ग्यालेरिया मलमा रहेको बिक्रेताको आउटलेटबाट खरिद गर्न सकिन्छ ।

नेपालमा एप्पल ब्रान्डका ग्राहकमाझ एउटा छुट्टै स्थान छ । तुलनात्मक रुपमा महंगा मानिने एप्पल ब्राण्डका मोबाइल फोनको मूल्य घट्दा यसको लाभ आइफोनप्रेमीले लिन सक्नेछन् ।


क्लिकमान्डु