सामलिङ पावर कम्पनीले स्थानीयलाई ५ लाख कित्ता आइपीओ निष्कासन गर्दैै



काठमाडौं । सामलिङ पावर कम्पनीले साउन २२ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ५ लाख कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको ५ लाख कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका बासिन्दालाई र आयोजिना प्रभावित इलाम नगरपालिका वडा नम्बर ८ र १० तथा माइजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का बासिन्दालाई २ लाख कित्ता निष्कासन गरिएको छ ।

कम्पनीका अनुसार आइपीओ निष्कासन साउन २२ गते हुनेछ भने बन्द छिटोमा भदौ ४ गते र ढिलोमा भदौ २० गते हुनेछ ।


क्लिकमान्डु