सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता



काठमाडौं । टाटा मोटर्सका नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ ।

शिखर इन्स्योरेन्सको प्रधान कार्यलय शिखर बिजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिको तर्फबाट संस्थाका उप–सभापति सौरभराज थपलिया र शिखर इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

अटो प्लसमा सम्झौतामा टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागू हुनेछ ।

साथै यो स्कीम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागू हुनेछ । जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाका लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर १५ सय रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापनयोजना लगाएतका फाइदा रहेको कम्पनीको भनाइ छ ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ प्रालिको आफूलाई पायक पर्ने कुनैपनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत् तथा बीमा दावी गर्न सकिनेछ । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुबै कम्पनीको दावी छ ।


क्लिकमान्डु