नाडाद्वारा स्थास्थ्य राज्यमन्त्रीसँग खोप माग



काठमाडौं । नाडाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग अटोमोबाइल क्षेत्रमा संलग्नलाई कोभिड खोप उपलब्ध गराउन माग गरेको छ ।

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले साउन १३ गते राज्यमन्त्री श्रेष्ठसँग सफल कार्यकालका लागि शुभकामना दिदै सरकारकातर्फबाट नेपालको अटोमोबाइलक्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउने माग गरेको हो ।

उपाध्यक्ष चौधरीले कोभिड–१९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोवाइलक्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको बताए । सरकारले लगाएको लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोवाइलक्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान सकिरहेका छैनन् । खासगरी व्यवसायको फ्रण्टलाईनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको चौधरीले बताए ।

‘कोभिड–१९ का कारण अटोमोवाइल व्यवसायले अझै गति लिन सकेको छैन,’ चौधरीले भने, ‘अटोमोवाइल व्यवसायलाई थप गतिशिल बनाउन खोपको आवश्यकता छ ।’

उनले अटोमोवाइल क्षेत्रमा कार्यरतका लागि तत्काल खोप उपलब्ध गराउन आग्रह गरे । उक्त भेटघाट तथा छलफलको क्रममा राज्य मन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयाश गर्ने आश्वासन दिएको नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि मण्डलले स्वास्थ तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसंग पनि भेटी आवश्यक खोप उपलब्ध गराई दिन अनुरोध गरेको थियो ।

भेटघाट तथा छलफलमा सचिव अर्यालले नीजिक्षेत्रले समेत खोप आयातगरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरे ।

साथै अनलाइनबाट खोपको फारम भरेर पठाउन सकिने व्यवस्था भएको फारम भर्नु पर्नेमा सचेत गराए । निजी क्षेत्रबाट खोप आयत गर्दा सरकारी कार्यलयबाट भन्दा पनि बढी समस्या हुने होकी भन्ने जिज्ञासामा सचिबले सहज गरिदिने आश्वासन दिए ।

सो छलफलमा नाडाका उपाध्यक्ष चौधरी, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रतील सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्धय निलमणी पाठक, मिलनबाबु मल्ल, दीपक अग्रवाल र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु