नेप्से परिसूचक १५.३० अंकले बढ्यो, ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । बुधबार नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४.९५ अंकमा पुगेको छ । यो हालसम्मै सबैभन्दा उच्च अंक हो । यो दिन २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १२३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन उपसमूहतर्फ बैंकिङ समूहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको सोमबारको निर्देशनपछि मंगलबारका साथै बुधबार पनि बैंकिङ उपसमूहमा गिरावट देखिएको हो ।

यो दिन चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा होटल तथा टुरिजम उपसमूहमा ७.०९ प्रतिशतले बढेको छ । यो दिनको कारोबारमा म्यूचुअल फण्ड, उत्पादनमूलक, जलविद्युत् र बैकिङ उपसमूहमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा चन्द्रागिरि हिल्ससहित ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरि हिल्स, नारायणी डेभलपमेन्ट बैंक र मल्टिप्रपोज फाइनान्सको सेयरमा सकारात्मक सर्किट देखिएको छ ।


क्लिकमान्डु