नेपालमा ४७ जनामा भेटियो डेल्टा भेरियन्ट, ३ जनामा एवाइ १ भाइरस पनि पुष्टि



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४७ जनामा कोरोनाको डेल्टा भाइरस संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत जेठ महिनादेखि मध्य असारसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका लागि दिल्ली पठाइएको थियो ।

जसमा सबै नमूनामा डेल्टा भाइरस पुष्टि भएको मन्त्रालयको भनाइ छ । त्यसमध्ये पनि ३ वटा नमूना थप उत्परिवर्तन के४१७एन म्यूटेसन भेटिएको छ जसलाई एवाइ१ नाम दिइएको छ ।

यी सहित नेपालमा भेरियन्ट कन्सर्नका रुपमा अल्फा (बी.१.१.७) र डेल्टा भेरियन्ट (बी.१.६१७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ ।

यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयको भनाइ छ ।


क्लिकमान्डु