हिरोको मोटरसाइकल र स्कुटरको नयाँ मूल्य सार्वजनिक, १६ हजारसम्म बढ्यो



काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एनजीएम ट्रेडिङले नयाँ मूल्य सार्वजनिक गरेको छ । हिरोले ८ वटा मोटरसाइकल र ५ वटा स्कुटरको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

हिरोका मोटरसाइकल १ लाख ७८ हजार रुपैयाँदेखि ४ लाख २ हजार रुपैयाँसम्म उपलब्ध छन् ।

हिरो एचएफ डीएलएक्स डीआरएस १ लाख ७८ हजार रुपैयाँ, हिरो स्प्लेन्डर प्लस १ लाख ८९ हजार रुपैयाँ, हिरो सुपर स्प्लेन्डर २ लाख ७ हजार ५०० रुपैयाँ र हिरो ग्याल्यामर एसभी डीएसएसको मूल्य २ लाख २६ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, हिरो हंक १५० आर एबीएस २ लाख ८२ हजार ५०० रुपैयाँ, हिरो एक्ट्रिम १६० आर डीडीएस ३ लाख ४२ हजार रुपैयाँ, हिरो एक्सप्लस २००टी ३ लाख ५० हजार ५०० रुपैयाँ र हिरो एक्सप्लस २०० को मूल्य ४ लाख २ हजार रुपैयाँ तोकिएको छ ।

हिरोका स्कुटर १ लाख ७८ हजार ५०० रुपैयाँदेखि २ लाख १७ हजार ५०० रुपैयाँसम्म उपलब्ध छन् । हिरो प्लेजर १ लाख ७८ हजार ५०० रुपैयाँ, हिरो प्लेजर ११० सीसी १ लाख ९२ हजार रुपैयाँ, हिरो प्लेजर ११० सीसी पीएल ईडी १ लाख ९९ हजार ५०० रुपैयाँ र हिरो मेस्ट्रो एजको मूल्य २ लाख १७ हजार ५०० रुपैयाँ तोकिएको छ ।

१६ हजारसम्म बढ्यो मूल्य
कोरोना भाइरस महामारी पश्चात बढ्दो आकर्षण रहेको दुई पाङ्ग्रे सवारी साधनमा अन्य कम्पनीले गत वर्ष नै दुई पटकसम्म मूल्य समायोजन गरेको थियो । तर, हिरो कम्पनीले कोरोना भाइरस महामारीको समयका कुनै पनि मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको थिएन् । त्यस्तै अहिले कम्पनीले लामो समयपश्चात मोटरसाइकल र स्कुटरको मूल्य १५ सय देखि १६ हजार रुपैयाँसम्म मूल्य बढाएको छ ।

कम्पनीले यसअघि ग्ल्यामर डीएसएस एसभी १२५ को मोटसाइकलको मूल्य १ लाख १० हजार रुपैयाँ तोकेको थियो । तर, अहिले कम्पनीले १६ हजार ५ सय रुपैयाँ बढाएर २ लाख २६ हजार ५ सय रुपैयाँ नयाँ मूल्य सार्वजनिक गरेको छ ।

त्यस्तै कम्पनीले यसअघि १ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेको सुपर स्प्लेन्डर १२५ मोटसाइकलको ११ हजार ५ सय रुपैयाँ बढाएर २ लाख ७ हजार ५ सय रुपैयाँ मूल्य तोकिएको छ । साथै, यसअघि एक्सप्लस २००टी को ३ लाख ३८ हजार रुपैयाँ रहेकोमा अहिले १२ हजार ५ सय रुपैयाँ बढाएर ३ लाख ५० हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, पहिले ३ लाख ८८ हजार रुपैयाँ मूल्य रहेको एक्स्प्लस २०० को ३ लाख ३८ हजार रुपैयाँ रहेकोमा १४ हजार रुपैयाँ बढाएर ४ लाख २ हजार रुपैयाँ मूलय तोकिएको छ ।

साथै, मेस्ट्रो एज ११० स्कुटरको मूल्य यसअघि १ लाख ९४ हजार रुपैयाँ रहेकोमा १५ सय रुपैयाँले बढाएर १ लाख ९५ हजार ५ सय रुपैयाँ र डेस्टिनी १२५ स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ रहेकोमा ७ हजार ५ सय रुपैयाँ मूल्य बढाएर २ लाख १७ हजार ५ सय रुपैयाँ मूल्य कायम गरेको छ ।


क्लिकमान्डु