खड्काको निधनपछि टाइगर ब्रुअरीबाट ‘मार्सी’ब्राण्ड लिएर दुर्गा प्रसाई बाहिरिए



काठमाडौं । टाइगर ब्रुअरीका संस्थापक तेजेन्द्र खड्काको निधनसँगै दुर्गा प्रसाई बाहिरिएका छन् ।

टाइगर ब्रुअरीका संस्थापक रहेका खड्का उनकी श्रीमतिको कोरोना भाइरसको कारण निधन भएको थियो । गतवर्ष असोजमा ५० प्रतिशत सेयर हिस्सा लिने सहमतिसँगै प्रसाई टाइगर ब्रुअरी प्रवेश गरेका थिए ।

रुपन्देहीमा उद्योग रहेको टाइगर ब्रुअरीले ‘टेन्सबर्ग’, ‘लण्डन आइस’लगायतका बियरको उत्पादन भइरहेको थियो ।

प्रसाईको टाइकर बुअरीमा प्रवेशसँगै बियर बजारमा आक्रामक ढंगले उत्रनका लागि उच्च व्यवस्थापक तहमा केही कर्मचारी समेत नियुक्त गरेका थिए ।

झापामा अस्पताल र मेडिकल कलेज सञ्चालन गरिरहेका प्रसाई नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुने बेला केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सँगै राखेर आफ्नो निवासमा ‘मार्सी’चामलको भात खुवाएका थिए । प्रसाईले ‘मार्सी’ चामलको भात ओली र दाहाललाई खुवाएपछि बजारमा एकाएक ‘मार्सी’चामलको माग बढेको थियो । सामाजिक संजालमा प्रसाई ‘मार्सी’ भनेर चिनिन थालेका थिए ।

‘मार्सी’ भने उडाएपछि आफूले त्यही ब्राण्डबाट बियर उत्पादन गर्ने सोच जम्मिएको प्रसाईले बताएका थिए । तिहारदेखि नै लन्च गर्ने भनेको ‘मार्सी’ बियर बैशाखमा पनि लन्च हुन सकेको थिए । कम्पनीले होलीदेखि लन्च गर्ने पछिल्लो समय गरेको तयारी समेत पूरा भएको थिएन ।

वैशाखदेखि पहिलो सातादेखि शुरू भएको कोरोना भाइरसको दोस्रो लहरले निषेधाज्ञा शुरू भयो । कोरोना भाइरसको चपेटामा टाइगर ब्रुअरीका संस्थापक खड्का उनकी श्रीमति पनि परिन । खड्का दम्पत्तिको कोरोनाको कारण निधन भयो ।

खड्काको निधन भएको केही समयपछि टाइगर ब्रुअरीले बजारमा ‘मार्सी’ब्राण्डको बियर भने पठाएको थियो । साथीको निधनपछि आफूलाई टाइगर ब्रुअरीमा बस्न मन नलागेको हुँदा बाहिरिएको दुर्गा प्रसाईले जानकारी दिए ।

‘खड्काजीको निधनपछि उहाँका छोराछोरीले कम्पनी संचालन गर्छन्, मैले कम्पनीबाट बाहिरिने निर्णय गरेको हो,’प्रसाईले क्लिकमाण्डूसँग भने । प्रसाईले टाइगर ब्रुअरीमा गरेको लगानी समेत फिर्ता पाउने छन् ।

प्रसाई बाहिरिएसँगै टाइगर ब्रुअरीले ‘मार्सी’ब्राण्डमा थप बियर उत्पादन गर्ने छैन । अहिले उद्योगमा रहेको बियर पठाएपनि थप उत्पादन हुने छैन ।

प्रसाईले ‘मार्सी’ब्राण्ड आफूसँग रहने र भविष्यमा बियर उत्पादन गर्ने योजना रहेको सुनाए । प्रसाईले ‘मार्सी’ब्राण्डमा बियर,‘माफिया’ब्राण्डमा ह्स्किी तथा ‘डन’ब्राण्डमा इनर्जी ड्रिक्स ल्याउने घोषणा गरेका थिए ।


क्लिकमान्डु