एचआइडीसीएलको हकप्रद बिक्री आजदेखि



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट (एचआईडीसीएल) कम्पनीले हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले साउन ५ गतेदेखि ११ अर्ब रुपैयाँ बराबरको हकप्रद बिक्री खुल्ला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित कुल ११ लाख कित्ता हकप्रद १/१ अनुपातमा बिक्री खुल्ला गरेको हो । कम्पनीको हकप्रदमा लगानीकर्ताले साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका खाशा कार्यालयबाट आवेदन दिनसक्नेछन् । साथ, सि-आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु