मध्यभोटेकोशी जलविद्युतको आइपीओ बिक्री पुनः खुल्ला



काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले साधारण सेयर (आइपीओ) पुनः बिक्री खुल्ला गरेको छ । कम्पनीले यसअघि स्थागित गरेको आइपीओ बिक्री साउन ५ गतेदेखि साउन १७ गतेसम्मको लागि खुल्ला गरेको हो ।


यसअघि कम्पनीले बैशाख २१ गते आइपीओ बिक्री खुल्ला गरी निषेधाज्ञाको कारणले बैशाख २४ गते नै बिक्री बन्द गरेको थियो ।
आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि पुनः बिक्री खुल्ला गरिएको कम्पनीको आइपीओमा सिन्धुपाल्चोक जिल्लाका बासिन्दाले ढिलोमा साउन ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अघि नै आवेदन दिएकाहरुले भने पुनः आवेदन दिन नपर्ने बताइएको छ ।


कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित कुल ६० हजार आइपीओ जारी गर्दैछ । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिक वडा १ र ५, ब्राहबिसे नगरपालिक वडा ५,६,७ र ८ का स्थानियका बासिन्दाको लागि १८ लाख कित्ता सेयर छुट्याएको छ । बाँकी ४२ लाख जिल्लाका अन्य स्थानियका लागि छुट्याएको छ । जसमा न्यूनतम ५० कित्तादेखि ४०० सय कित्तासम्म आवेदन दिन सक्ने

कम्पनीको आइपीओ बिक्री प्रबन्धमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सिन्धुपाल्चोक जिल्लामा रहेका ३६ वटा बैंकका शाखा र काठमाडौं जिल्लामा ७ वटा मर्चेन्ट बैंकर कार्यलयबाट आवेदन दिनसक्नेछन् । साथै, सि–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आइपीओमा आवेदन दिन सकिन्छ ।


क्लिकमान्डु