ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत नियुक्ति खारेज, ६ गते सार्वजनिक बिदा



काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली नेतृत्वको सरकारले गरेको राजदूत नियुक्ति खारेज गरेको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । ओलीले दोस्रो पटक प्रतिनिधिसभा बिघठन गरेपछि राजदूत नियुक्त गरेका थिए ।

सर्बोच्च अदालतको आदेशसँगै ओलीको ठाउँमा देउवा प्रधानमन्त्री बने । देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिएको अर्कोदिन नै ओली सरकारले गरेको राजदूत नियुक्ति खारेज गरेको हो ।

यस्तै सरकारले साउन ६ गते मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


क्लिकमान्डु