ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको शाखा




काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उदघाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठज्यू र हरिवंश आचार्य (मह जोडी) ले संयुक्तरुपमा गरे ।

सो अवसरमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बंैकको देशका सातै प्रदेशमा ८६ वटा शाखा, १८ विस्तारित काउन्टर र ९५ वटा एटिएम. संचालनमा रहेका छन् ।


पुष्प दुलाल