अर्थमन्त्री शर्माले संसदमा पेश गरे बजेटसँग सम्बन्धी ३ अध्यादेश



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ वार्षिक बजेटसँग सम्बन्धित तीनवटा अध्यादेश आइतबारको संसद बैठकमा पेश भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ संसदमा पेश गरेका हुन् ।

गत जेठ ८ गते मध्यरातमा संसद विघटन गर्ने सरकारको निर्णय पछि चालु आर्थिक वर्षको बजेट जेठ १५ गते अध्यादेशमार्फत् ल्याइएको थियो । बजेट भाषणसँगै सरकारले विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानतसम्बन्धी विधेयक ल्याउने गरेको छ ।

अध्यादेशमार्फत ल्याईएका विधेयकहरु संसद शुरु भएको भएको मितिले ६० दिनभित्र संसदबाट पारित गरिसक्नुपर्ने कानूनी प्रावधान छ ।

वियियोजन अध्यादेश सरकारको वार्षिक आय–व्ययसँग सम्बन्धित छ भने आर्थिक अध्यादेश राजस्व नीत र करका दरसँग सम्बन्धित छ । त्यस्तै, बजेटको स्रोत व्यवस्थापन गर्नका लागि सरकारले लिने आन्तरिक र बाह्य ऋणसँग सम्बन्धित छ ।


क्लिकमान्डु