धितोपत्र बिक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना परिवर्तन



काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले पुँजिगत लाभकरण गणना परिवर्तन गरेको छ ।

सरकारले जारी गरेको आर्थिक अध्यादेश २०७८ मार्फत् आयकर गणनामा गरेको संशोधन अनुसार पुँजिगत लाभकरण गणना संशोधन गरेको हो ।

जसअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकम ५ प्रतिशत र ३६५ दिनभन्दा कम अवधिको हितको लाभ रकमको ७ प्रतिशत पुँजिगत लाभकर कायम गरेको हो ।

सीडीएससीले साउन १ गतेदेखि लागू हुने गरी सम्पूर्ण कारोबारहरुमा बिक्रीर्ता बासिन्ता प्राकृतिक व्यक्तिले धितोपत्रको बिक्री कारोबारमा लाग्ने पुँजिगत लाभकर गणना गर्नका लागि आफ्नो स्वामित्वमा रहेको कुल धितोपत्रको लागतको भारित औसत गणना गरी सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरी धितोपत्रको लागत भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दान रहेको समयावधि समेत गणना गरी बिक्री गरेको धितोपत्र मध्ये ३६५४ दिनभन्दा बढी अवधिको स्वामित्वमा रहेको धितोपत्र र सोभन्दा कम अवधि स्वामित्मा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको सीडीएससीको भनाइ छ ।

सीडीएससीले सो अनुसार गणना गर्ने सुविधा थप गरी साउन ३ गते बेलुका ७ बजेदेखि सञ्चालनमा ल्याइने समेत जानकारी दिएको छ । यसका लागि मेरो सेयरको मोबाइल एप प्रयोग गर्ने लगानीकर्ताले प्लेस्टोरमार्फत् मेरो सेयर एप अपडेट गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु