भारतमा ओला इलेक्ट्रिक स्कुटरको बुकिङ खुल्ला, १ लाख यूनिट बुक



एजेन्सी । ओलाले आफ्नो इलेक्ट्रिक स्कुटरको बुकिङ भारतमा खुलाएको छ । कम्पनीले सन् २०२१ जुलाई १५ मा ओला इलेक्ट्रिक स्कुटर आफ्नो आधिकारिक वेबसाइटमा बुकिङ खुलाएको हो ।

रिर्पोटअनुसार बुकिङ शुरु गरिएको २४ घण्टामा १ लाखभन्दा धेरै स्कुटर बुकिङ भएको छ ।

बुकिङ शुरु भएसँगै कम्पनीको वेबसाइटमा ट्राफिक चाप उच्च भएको थियो । यसको प्रभाव स्वरुप कम्पनीको वेबसाईट क्रयास भएको थियो । कम्पनीले केही मिनेटमै यो समस्या हल गरेको थियो ।

‘भारतीय ग्राहकको उच्च प्रक्रियामा रोमान्चित भएको छु । स्कुटरमा ग्राहकको आकर्षण देखेर रोमाञ्चित भएको छु । ग्राहकको आकर्षणले यो संकेत गर्छ कि ग्राहक इलेक्ट्रिक सवारी अपनाउन तयार छन् । संसारलाई इलेक्ट्रिक सवारीतर्फ केन्द्रित गर्ने हाम्रो मिसनमा यो एउटा ठूलो कदम हो,’ ओलाका अध्यक्ष तथा सीईओ भाविश अग्रवालले भने, ‘म उहाँहरु सबै उपभोक्तालाई धन्यवाद दिन्छु जसले ओला स्कुटर बुक गर्न भएको छ र ईभी कान्तिमा साहभागी हुनु भएको छ । यो शुरुवात मात्र हो ।’

रिपोर्टअनुसार ओला इलेक्ट्रिक स्कुटर २०२१ जुलाईको अन्त्यसम्म भारतमा सार्वजनिक गरिने सम्भावना छ । कम्पनीले स्कुटरको नाम सहित पेटेन्ट दर्ता गराई सकेको छ । पेटेन्टका अनुसार ओला स्कुटर २ भेरियन्ट–एस१ र एस१ प्रोमा आउने सम्भावना छ । दुवै भेरियन्टको बिक्री ‘एस’ सिरिज स्कुटरको अनुरुप गरिनेछ । तर कम्पनीले आधिकारिक रुपमा स्कुटर मोडलको नाम खुलाएको छैन ।

ओला इलेक्ट्रिक स्कुटरले फुल चार्जमा १०० देखि १५० किलोमिटरको माइलेज दिने क्षमता राख्छ । यसको उच्च गति ९० किलोमिटर प्रति घण्टा हुन सक्छ । स्कुटरसँगै एउटा होम चार्जर पनि दिइने सम्भावना छ जसलाई साधारण वाल सकेटमा जोडेर चार्ज गर्न सकिन्छ । स्कुटरलाई फुल चार्ज गर्न २ देखि साढे २ घण्टा समय लाग्नेछ ।

ओला इलेक्ट्रिक स्कुटरको प्रतिस्पर्धा एथर ४५०एक्ससँगे हुनेछ । ओला इलेक्ट्रिक स्कुटरले बजाज चेतक र टीभीएस आईक्यूबलगायत प्रिमिय इलेक्ट्रिक स्कुटरलाई पनि टक्कर दिनेछ ।

ओलाको इलेक्ट्रिक स्कुटरमा हाई–टेक फिचर छन् । यस स्कुटरमा डुअल पोड एलईडी हेडलाईट, कलर एलसीडी डिस्प्ले, क्लाउड कनेक्टिभिटी, नेभिगेशन प्रविधि, रिमूभवेबल लिथियम–आयन ब्याट्री, टेलीस्कोपिक पोर्क सस्पेन्शन र अलो ह्विल दिइनेछ ।

कम्पनीले भारतको तमिलनाडुमा ठूलो टू–ह्विल म्यानुफ्याक्चरिङ प्लान्ट निर्माण गरिरहेको छ । यो प्लान्टबाट छिट्टै स्कुटर उत्पादन शुरु गरिनेछ । ओला प्लान्टमा प्रारम्भिक चरणमा प्रतिवर्ष २० लाख यूनि इलेक्ट्रिक सवारी निर्माण गरिनेछ । प्रत्येक वर्ष १ करोड सवारी उत्पादन गर्ने ओला प्लान्टको क्षमता छ । यो प्लान्टमा इलेक्ट्रिक सवारीका लागि प्रत्येक दिन २५ हजार ब्याट्री बनाइनेछ ।

मेड–इन–इन्डिया स्कुटर भारतमा बिक्री गरिनुका साथै यूरोप, यूके, ल्याटिन अमेरिका, एशिया, अस्ट्रेलयिा र न्यूजिल्याण्डलगायत देशमा निर्यात गरिनेछ । यो इलेक्ट्रिक स्कुटरको मूल्य बजारमा उपलब्ध अन्य प्रतिस्पर्धी स्कुटरकै हाराहारीमा हुनेछ ।


क्लिकमान्डु