भीम रावलले सांसद पदबाट दिए राजीनामा



काठमाडौं । नेकपा एमोलेका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।

अनैतिक र स्वेच्छाचारी राजनीतिको मतियार हुनुभन्दा अलग हुनु उपयुक्त रहेको भन्दै उनले संसद सचिवालयमा राजीनामा बुझाएको जानकारी दिए ।

‘विकृत देश र जनताको हित विपरीतका क्रियाकलापका विरुद्ध जुट्दै राजनीतिककर्मीका हैसियतले मैले अधिकतम प्रयास गरे । तर पछिल्लो समय उच्च राजनीतिक नेतृत्वमा देखिएको अनियन्त्रित र स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहम् प्रतिशोधी र षडयन्त्रकारी एवम् कार्य देख्दा देश र जनताको हित सर्वोपरी सम्झने जुनसुकै नेपालीको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो अवस्थामा अनैतिक राजनीतिकभन्दा जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयसकर हुनु मैले उपयुक्त ठाने,’ उनले भने ।


क्लिकमान्डु