कुन रुटमा कतिले बढ्यो सार्वजनिक यातायातको भाडा ?
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागले २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो । यात्रुवाहक सवारी २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशतले भाडा वृद्धि भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (मन्त्रीस्तर)को निर्णयबाट २०७८ असार २७ गते भाडा बढाउन स्वीकृत दिइएको थियो । विभागले २०७८ असार २९ गतेदेखि लागू हुनेगरी नयाँ भाडादर कायम गरेको छ ।
यस्तो छ नयाँ भाडादर