आर्थिक वर्षको पहिलो कारोबार सेयर बजारमा हरियाली



काठमाडौं । आर्थिक वर्षको पहिलो कारोबार दिनमा सेयर बजारमा हरियाली छाएको छ । आइतबार दिउँसो १ बजेसम्म नेप्से परिसूचक ६८ अंकले बढेर २९५१ अंकमा पुगेको छ ।

यो दिन अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै गर्दा सेयर बजारका लगानीकर्ता उत्साही भएका हुन् । गत आर्थिक वर्षमा सेयर बजारका लागि सबैभन्दा सुखद् वर्षका रुपमा मनाएका सेयर लगानीकर्ताले नयाँ आर्थिक वर्षलाई पनि उसै गरी स्वागत गरेका छन् ।


क्लिकमान्डु