रमको मूल्य बढ्यो, प्रतिबोतल २ हजार ५० रुपैयाँ



काठमाडौं । दि नेपाल डिष्टिलरिज प्रालिबाट उत्पादन हुने ३ सय ७५ मिलिलिटर कोरोनेशन रमको मूल्य २ हजार ५० रुपैयाँ तोकेको छ । उद्योगले उत्पादित मदिरामा आजबाट लागू हुने गरी नयाँ मूल्य तोकेको हो ।

उद्योगले कोरोनेशन रमको प्रतिकार्टुन उपभोक्ता मूल्य २० हजार ५ सय रुपैयाँ तोकेको छ । त्यस्तै सोही उद्योगबाट उत्पादित खुकुरी एक्सएक्सएक्स रम ७५० मिलिटरको प्रतिकार्टुन उपभोक्ता मूल्य २१ हजार ६ सय रुपैयाँ तोकेको छ भने उपभोक्ता मुल्य प्रतिबोतल १८ सय रुपैयाँ तोकेको छ ।

त्यसैगरी खुकुरी एक्सएक्सएक्स रम ३७५ मिलिलिटरको उपभोक्ता मूल्य प्रतिकार्टुन २१ हजार ६ सय रुपैयाँ र तोकेको छ खुकुरी एक्सएक्सएक्स रम १८० मिलिलिटरको प्रतिकार्टुन उपभोक्ता मूल्य २१ हजार ८४० रुपैयाँ तोकेको छ । साथै, उक्त खुकुरी एक्सएक्सएक्स रमको क्रमशः प्रतिबोतल ९ सय र ४ सय ५५ रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।

त्यस्तै, खुकुरी स्पाइस रम ७५० मिलिलिटरको उपभोक्तालाई प्रतिकार्टुन मूल्य २२ हजार २ सय रुपैयाँ, खुकुरी स्पाइस रम ३७५ मिलिलिटरको २२ हजार २ सय रुपैयाँ र खुकुरी स्पाइस रम १८० मिलिलिटरको २२ हजार ३ सय २० रुपैयाँ उल्लेख गरेको छ । साथै, उक्त खुकुरी स्पाइस रम मदिराको उपभोक्ता मूल्य प्रतिबोतल क्रमशः १८ सय ५०, ९ सय २५ र ४ सय ६५ रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु