निर्माण शुरु गरिएको ७ वर्षपछि बन्यो, कर्णाली करिडोर अन्तर्गतको खुलालु-लैफु-सलीसल्ला सडक



काठमाडौं । कर्णाली करिडोर अन्तर्गतको खुलालु–लैफु–सलीसल्ला सडक खण्ड निर्माण सम्पन्न भएको छ ।

निर्माण शुरु गरिएको करिब ७ वर्षपछि खुलालु–लैफु–सलीसल्ला सडक खण्ड निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले ११२.७५ किलोमिटर सडक निर्माण सम्पन्नगरी असार ३ गते उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा–सिमिकोट सडक आयोजनालाई हस्तान्तरण गरेको हो ।

औसत ६ मिटर चौडाई रहेको उक्त सडक खण्डले कालिकोट, बाजुरा र हुल्ला जिल्लालाई जोडेको छ । यस सडक खण्डको निर्माण पश्चात राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको अन्तिम जिल्ला हुम्लाको ताँजकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका सडक सञ्जालमा जोडिएका छन्् ।

भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टायुक्त भू–बनोट लगायत करणले यस सडक खण्डलाई विशेष परिस्थितीको सडकको रुपमा परिभाषितगरी २०७१ चैत ५ गते मन्त्रिपरिषद्ले सेनालाई जिम्मा दिएको थियो । खुलालु–लैफु–सलीसल्ला खण्ड सेनाले २०७१ चैत ९ गतेदेखि निर्माण शुरु गरेको थियो ।


क्लिकमान्डु