काठमाडौं महानगरले विद्युतीय सवारीसाधनको शोरुमबाट कर नलिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारीसाधन बिक्री शोरुमसँग कर नलिने भएको छ । साथै महानगरले विद्युतीय सवारीसाधन चार्जिङ सेन्टरको कर पनि निःशुल्क बनाएको छ ।

चालु आर्थिक वर्षमा चार पांग्रे बिक्री शोरुमा ५० हजार रुपैयाँ र मोटरसाइकल बिक्री सोरुमा २५ हजार रुपैयाँ कर लाग्दै आएको थियो । विद्युतीय सवारीसाधनमा ८० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

महानगरको असार २० गतेको नगर सभाबाट पारित भएको आर्थिक विधेयकमा विद्युतीय सवारीसाधन शोरुम र चार्जिङ सेन्टरको कर निःशुल्क गरेको हो ।

आर्थिक विधेयक नगरसभाबाट पारित भए पनि प्रमाणिकरण हुन बाँकी छ । मेयर विद्यासुन्दर शाक्यले प्रमाणिकरण गरेपछि साउन १ गतेदेखि आर्थिक ऐन कार्यान्वयनमा आउनेछ ।


क्लिकमान्डु