राइड सेयरिङ व्यवसाय काठमाडौं महानगरको करको दायराभित्र



काठमाडौं । काठमाडौं महानगरपालिकाले राइड सेयरिङ व्यवसायलाई कराको दायराभित्र ल्याउने भएको छ ।

महानगरको नगर सभाबाट पारित आर्थिक विधेयकले राईड सेयरिङ व्यवसायलाई पनि करको दायरामा ल्याउन खोजेको छ । महानगरको आर्थिक विधेयकअनुसार दुई पांग्रे सवारीसधानद्वारा यात्रु ओसार पसार गर्ने राईड सेयरिङ र व्यवसाय ढुवानी जस्ता व्यवसायमा १० हजार रुपैयाँ कर असुल गर्ने उल्लेख छ ।

यसअघि राइड सेयरिङ र व्यवसाय ढुवानी जस्ता व्यवसायमा महानगरले कर लगाउने गरेको छ । नगर सभाले असार २० गते आर्थिक विधेयक पारित गरिसकेको छ । मेयरले प्रमाणिकरण गरेपछि यो आर्थिक विधेयक आर्थिक ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।


क्लिकमान्डु