३ स्थानीयतहमा पुग्न सकेनन् वाणिज्य बैंक, न्यूनतम पूर्वाधार नबन्दा खोल्न सकिएन



काठमाडौं । मुलक संद्यीय संरचनामा गएसँगै नेपाल राष्ट्र बैंकले सबै स्थानियतहमा वाणिज्य बैंकलाई शाखा विस्तार गर्न निर्देशन दिएको थियो । सबै स्थानिय तहमा वाणिज्य बैंकको अवधारणा लिइएको ४ वर्ष पुग्दा पनि ३ वटा स्थानियतहमा भने बैंकको शाखा पुग्न सकेका छैनन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको जेठ मसान्तसम्म ७ सय ५० वटा स्थानियतहमा मात्र वाणिज्य बैंकमा शाखा पुगेका छन् । बागमति प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा १/१ वटा स्थानियतहमा वाणिज्य बैंकको शाखा पुग्न नसकेका हुन् ।

जसमा बागमति प्रदेशको धादिङ जिल्ला रुवीभ्याली गाँउपालिका, कर्णाली प्रदेशको जाजरकोट जिल्ला जुनीचाँदे गाँउपालिका र सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला साईपाल गाँउपालिकामा वाणिज्य बैंकको शाखा पुगेका छैनन् ।
धादिङको रुवीभ्याली गाँउपालिकामा बैंक अफ काठमाडौंले र बझाङ जिल्ला साईपाल गाँउपालिकामा एभरेष्ट बैंकले शाखा खोल्नको लागि राष्ट्र बैंकबाट अनुमति लिएको थियो । तर यो क्षेत्रमा सडक, यातायात लगायत इन्टरनेट लगायत भौतिक पुर्वाधारको सुविधा नपुगदा बैंकले शाखा शुरु गर्न नसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

तर, जाजरकोटको जुनीचाँदी गाँउपालिकामा भने स्थानियतहको कार्यालय कहाँ राख्ने भन्ने विषयमा अदाततमा मुद्दा टुङ्गो नलाग्दा कृषि विकास बैंकले शाखा खोल्न अनुमति लिएरपनि समस्या भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

स्थानियतहमा बैंकका शाखा नभएका जिल्लामा बैंक खाता

वागमति प्रदेशको १३ जिल्लामा १ सय ३६ वटा स्थानीयतह छन् । जसमा धादिङ जिल्लामा ३ लाख ४४ हजार २ सय ९२ जनसंख्या रहेकोमा ५२ प्रतिशतको बैंकमा खाता छ ।

यो जिल्लोकोे रुवीभ्याली गाँउपालिका बाहेक अन्य गाँउपालिका गरी १ लाख ७९ हजार ९५ पुरुष र १ लाख २३ हजार २ सय ५ जना महिलाको बैंकमा खाता छ ।

यसैगरी, कर्णली प्रदेशको जाजरकोट जिल्लामा कुल १ लाख ९८ हजार ८ सय ६० जनसंख्या छ । सो जिल्लामा १८ प्रतिशत जनसंख्याको बैंकमा खाता छ । जसमा जुनीचाँदी गाँउपालिकाको बाहेक ३६ हजार ४ सय ७६ जना पुरुष र २२ हजार ६ सय ९२ जना महिलाको बैंकमा खाता छ ।

साथै, सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा कुल २ लाख १९ हजार ८ सय ६६ जनसंख्या छ । यो जिल्लाको १५ प्रतिशत जनसंख्याले बैंकमा खाता खोलेका छन् । जसमध्ये साईपाल गाँउपालिकाको बाहेक ३२ हजार १ सय ९७ पुरुष र १८ हजार १ सय ९८ जना महिलाले बैंकमा खाता खोलेका छन् ।


क्लिकमान्डु