महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि एक लाख ७५ हजाररुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
बेलहिया माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्य उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।