ललिता निवास जग्गा प्रकरण, गच्छदार १० लाख धरौटीमा रिहा



काठमाडौं । ललिता निवास जग्गा प्रकारणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएसँगै उनी आज (बुधबार) अदालतमा हाजिर भएका थिए ।

यसअघि उनी फरार रहँदै आएका थिए । गच्छदारलाई विशेष अदालतले १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अदालतमा भएको उनको बयान र थुनछेक बहसपछि धरौटी माग्ने निर्णय भएको हो ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।


क्लिकमान्डु