राष्ट्र बैंकद्वारा मोबाइल एप सञ्चानमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप सञ्चालनमा ल्याएकमो छ । केन्द्रीय बैंकले विदेशी अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्री, विनिमय दर, जारी नीति निर्देशनको सुचनाहरु दिने गरी मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

उक्त एपको शुभारम्भ राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले भर्चुअल कार्यक्रममा गरेकी हुन् । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।
‘नेपाल राष्ट्र बैंक (अर्ली एक्सेस)’ नामक उक्त हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध उक्त एप प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा थप परिस्कृत गर्दै लगिने राष्ट्र बैंकले जनाएको छ ।

हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिब सिस्टम रहेको मोबाइलमा उपलब्ध हुने र क्रमिक रूपमा आइओएस अपरेटिब सिस्टममा समेत विस्तार गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।


क्लिकमान्डु