१ अंकले बढ्यो नेप्से, करोबार ५ अर्ब ६५ करोड



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो सुधार देखिएको छ । बुधबार नेप्से १.०१ अंकले बढेर २८७२.०५ अंकमा पुगेर कारोबर बन्द भएको छ । क वर्गका कम्पनीहरुको सूचक मापन गर्ने नेप्से परिसुचक भने ०.१४ विन्दुले घटेको छ ।

आज नेप्सेमा २१४ कम्पनीका ५० हजार ५९१ पटक सेयर कारोबार भएको छ । ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

होटल एण्ड टुरिजम, जलविद्युत, म्यूचल फण्ड र इन्भेष्टमेन्ट उपसूमहका सेयर मूल्य बढेको छ । बैंकिङ, ट्रेडिङ, विकास बैंक, फाइनान्स, नन् लाईफ इन्स्योरेन्स, उत्पादनमुलक, अन्य, माइक्रोफाइनान्स, लाईफ इन्स्योरेस उपसमूहका सेयर मूल्य घटेका छन् ।

हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ । यस्तै नेपाल फाइनान्स र कालिका पावर कम्पनीको सेयर ७.११ प्रतिशतले बढेको छ ।

नबिल ब्यालेन्स फण्ड-२, एनएमबि ५०, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र १० प्रतिशत प्रभु बैंक डिमेन्चर २०८४ र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर २ प्रतिशतभन्दा माथिले घटेको छ ।


क्लिकमान्डु