अर्थमन्त्री शर्माको पहिलो निर्णयः खोपका लागी ५ अर्ब र फ्रन्टलाइनरको जोखिमभत्ता निकासा स्वीकृती



काठमाडौं । मंगलबार अर्थमन्त्रीको रुपमा सपथ लिएका जनार्दन शर्माले बुधबार कार्यभार सम्हालेका छन् ।

अर्थमन्त्रीको कार्यभार सम्हालेलगत्तै शर्माले आफ्नो पहिलो निर्णयका रुपमा कोभिड १९ महामारी विरुद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बराबर निकासा स्वीकृती दिने र स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनरले पाउनुपर्ने महामारी जोखिम भत्ता पनि निकासा गर्न स्वीकृत दिएका छन् ।

शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएका तीनवटा प्रस्ताव आजै स्वीकृत गरेका छन् । जसमा स्वास्थ्य सामग्री खरिद तथा महामारी जोखिम न्यूनीकरण, रोकथाम र उपचारका लागि गर्नुपर्ने बजेट व्यवस्थापनको विषय रहेको छ ।


क्लिकमान्डु