मसान्तको चपेटामा वित्तीय क्षेत्रका कर्मचारीको सामाजिक सुरक्षा कोषविरुद्ध सडक आन्दोलन
काठमाडौं । असार मसान्तको चपेटामा वित्तीय क्षेत्रका कर्मचारी काम नै ठप्प बनाएर आन्दोलमा उत्रिएका छन् । सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने भन्दै कर्मचारीहरुले सडकमा कोष विरुद्ध र्याली गर्दै नाराबाजी गरेका हुन् ।
आर्थिक वर्षको अन्यमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई साँवा, ब्याज उठाउनको चपेटा हुन्छ । तर रिकभरीको चपेटालाई समेत बेवास्ता गर्दै कर्मचारीहरु भने काम नै प्रभावित गरी कोष विरुद्ध सडकमै आन्दोलनमा उत्रिएका छन् ।
कोषले वित्तीय क्षेत्रका कर्मचारीहरुलाई असार मसान्तभित्रै आवद्ध भएर योगदान पठाउन अल्टिमेटम दिइसकेको छ । वित्तीय क्षेत्रका कर्मचारीहरुले भने कोषको ऐन र कार्यविधि संशोधनको माग गर्दै आवद्धताका लागि अस्वीकार गर्दै आएका छन् ।
कोषले कर्मचारीको मागलाई बेवास्ता गर्दै अवद्धताका लागि दबाब दिएको भन्दै कर्मचारीहरुले सर्वोच्वमा मुद्दा समेत दर्ता गरिसकेका छन् ।
आफ्नो हकहितको सुनिश्चिता गर्न सडकदेखि सदनसम्मै पुग्नेभन्दै वित्तीय क्षेत्रका कर्मचारी विगत ३ हप्तादेखि देशव्यापी रुपमा शान्तीपुर्ण आन्दोलनमा थिए । तर, बुधबार भने वित्तीय क्षेत्रका कर्मचारीहरु ‘ब्याक फर एसएसएफ’/ ‘एसएसएफको पाराले दुः ख पायो साराले’ जस्ता नारा लगाउँदै दरबारमार्ग परिसर परिक्रमा लगाएका हुन् ।
कर्मचारीहरको माग कोषलाई स्वेच्छिक बनाउनु पर्ने लगायतका अन्य १५ बुँदे माग राखिएका कालो ब्यानर सहित कालो पट्टी बाँधेर कर्मचारीहरु आन्दोलनरत छन् ।