देउवा सरकारको पहिलो निर्णयः असोज मसान्तभित्र एकतिहाई जनसंख्यामा खोप



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले असोज मसान्तभित्रमा एक तिहाइ जनसंख्यामा कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ । साथै आगामी चैतसम्ममा सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको छ ।

मंगलबार नै बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद बैठकले गरेको छ ।

महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीलाई उनीहरुले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र दिइसक्ने निर्णयसमेत आजको मन्त्रिपरिषदले गरेको छ ।

सरकारको प्रवक्ताको जिम्मेवारी कानूनमन्त्री ज्ञानेन्द्र कार्कीले  पाएका छन् ।


क्लिकमान्डु