विश्वप्रकाश शर्माले भने, ‘अब थोरै सच्चिएरै सहकार्य गरौं, पत्र सच्चिने होइन प्रवृत्ति हो’
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको नियुक्तीको पत्र सच्चिनुपर्ने बताएका छन् ।
उनले भने, ‘अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननीय राष्ट्रपतिज्यू । पत्र सच्चिनेको कुरा मात्रै हेइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो ।’
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कुनै पनि धारा उल्लेख नगरिकनै प्रधानमन्त्री पदमा शेरबहादुर देउवालाई नियुक्त गरेकी थिइन् । तर देउवाले भने पत्र नसच्चिएसम्म शपथ नलिने अडान राखेका थिए । जसका कारण शपथ कार्यक्रम साँझ ६ बजे भनिए पनि सोही समयमा हुन सकेको थिएन ।