प्रधानमन्त्री देउवाको निजी निवास जाने सडक चिल्लो बनाइँदै



काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै उनको निजी निवास जाने महाराजगञ्ज–बुढानीलकण्ठ सडकको मर्मत सम्भार शुरु भएको छ ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको निजी निवास जाने सडक चिल्लो पार्न खोजिएको भन्दै स्थानीय तथा सडक प्रयोग गर्नेले सामाजिक सञ्जालमा व्यंग गर्न थालेका छन् ।

सडक डिभिजन काठमाडौंका प्रमुख कुबेर नेपालीले प्रधानमन्त्रीको निजी निवास जाने सडक भएका कारण भने मर्मतको काम शुरु नगरिएको बताउँछन् ।

‘मेलम्चीको खानेपानी पाइप तथा विद्युतीको तार भूमिगत गर्दा सडकमा खल्टा खुल्टी परेको थियो । त्यसलाई पूर्न ३ महिना अघि नै ठेक्का आह्वान गरिएको हो,’ नेपालीले भने, ‘आवधिक मर्मत सम्भार अनुसार नै गरिएको हो ।’

यो सडक मर्मत् गर्न वल्र्ड वाइड टीआर सुसन जेभीसँग २५ दिन अघि नै सम्झौता भइसकेको उनले जानकारी दिए । निरन्तर वर्षातका कारण मर्मत गर्न केहि समस्या भएको हो । ३ दिन अघिदेखि नै मर्मतको काम शुरु गरिएको उनको दाबी छ । निर्माण व्यवसायीले गंगालाल–बुढानीलकण्ठ–विष्णुमती र कोटेश्वर तिनकुने–नहरेफाट सडकको आवधिक मर्मत गर्न १० करोड रुपैयाँमा ठेक्का पाएको हो ।


क्लिकमान्डु