प्रि-ओपनिङमा १२.४६ अंकले बढ्यो नेप्से, ३१ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १२.४६ अंकले बढेको छ ।

प्रि-ओपनिङमा ४५ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा हिमालयन जनरल इन्स्योरेन्स, बेस्ट फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, गरिमा विकास बैंक, अरुण भ्याली हाइड्रोपावर, नेको इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्इ बढेको छ भने रिडी हाइड्रोपावर डेभलपमेन्ट बैंक, नबिल बैंक, राधी विद्युत् कम्पनी, सिभिल बैंकको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु