नबिल बैंकको ‘३७ दिने ह्याप्पीनेस’ अफर
काठमाडौं । नबिल बैंकले ‘३७ दिने ह्याप्पीनेस’ अफर सार्वजनिक गरेको छ । बैंकले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि कार्ड, स्माट बैंकलगायत लकरमा विभिन्न छुट प्याकेज सहितको अफर सार्वजनिक गरेको हो ।
उक्त अफर अन्तर्गत बैंकले सोमबारदेखि ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।
उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खातामा मात्र उपलब्ध हुनेछ ।
बैंकले १३५ वटा शाखा, १८३ वटा एटीएम र १५ सयभन्दा बढि नबिल रेमिट एजेन्टबाट सेवा प्रदान गरिरहेको छ ।