एनएमबिको ग्राहकलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यासब्याक




काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ ।

बैंकले ग्राहकलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको हो ।

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

बैंकले १८१ वटा शाखा, १३७ वटा एटीएम, ९ वटा एक्सटेन्सन काउन्टर मार्फत् सेवा प्रदान गर्दै आइरहेका छ ।


क्लिकमान्डु