सर्वोच्च अदालतको फैसालाः प्रतिनिधिसभा पुनर्स्थापना, देउवा प्रधानमन्त्री (पूर्णपाठ)
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटनको निर्णय बदर गरी पुनर्स्थापनाको फैसला गरेको छ । सोमबार फैसला सुनाउँदै सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीले गरेको संसद बिघटनको निर्णय बदर गर्दै पुनर्स्थापना गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलाले उक्त फैसला गरेको हो ।
६७ पृष्ठ लामो फैसलामा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गन परमादेश जारी गरिएको छ । देउवालाई २ दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको हो ।
साथै प्रतिनिधिसभाको अधिवेशन ७ दिनभित्र बोलाउन पनि सार्वोच्च अदालतको फैसलामा भनिएको छ । त्यसैले संविधानको धारा ७६ (५) अनुृसार कसैलाई पनि ह्विप नलाग्ने समेत फैसलामा भनिएको छ ।
त्यसैगरी एमालेका माधव नेपाल पक्षका सांसदहरुलाई समेत कारबाही नहुने आदेशमा भनिएको छ ।
सर्वोच्चको फैसलासँगै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने एमाले नेता महेश बस्नेतको आह्वानमा माइतिघरमा अदालतको फैसलाविरुद्ध प्रदर्शनी गरिएको छ । उनीहरुले अदालतको फैसला नमान्ने भन्दै ब्यानरसहित प्रदर्शन गरेका छन् ।