काठमाडौंको भोटाहिटीमा कामना सेवा विकास बैंकको शाखा



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको भोटाहिटीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले असार २७ गते आइतबार भोटाहिटी शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो ।

योे संगै काठमाडौं उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन । काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष चिनियामान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्य संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

उक्त समारोहमा सम्पूर्ण सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको थियो ।

बैंकका अध्यक्ष आचार्यले कोभिडको प्रभावकाबीच पनि हामीले भोेलीको सम्भावनालाई मध्यनजर गरी शाखा विस्तारमा लागेको बताए ।
बैंकले १२८ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटीएम मार्फत्सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु