कतार प्रवेश गर्ने श्रमिकले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने
काठमाडौं । नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य बनेको कतार सरकारले कतार प्रवेशमा अनिवार्य क्यारेन्टिन बस्नुपर्ने भएको छ ।
कतारस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै खोपको मात्रा पूरा नगरेका व्यक्तिहरूले अनिवार्य रुपमा होटेल क्वारेन्टिन बस्नुपर्ने जनाएको छ ।
‘खोपको मात्रा पूरा नगरेका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्य रुपमा डिस्कभर कतार वेबसाइटबाट बुकिङ गरी १० दिन होटल वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने,’ सूचनामा उल्लेख छ ।
कतार सरकारले असार २८ गतेबाट लागू हुने गरी प्रवेश गर्ने यात्रुका लागि हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाको कोभिड-१९ नेगेटिभ पिसिआर रिपोर्ट लिएर यात्रा गर्न पाइने जनाएको छ ।
त्यस्तै यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि अनिवार्य रुपमा एहतराज वेवसाइटमा अनलाइनबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल अथोराइजेशन प्रिन्ट साथमा लिएर मात्रा यात्रा गर्नुपर्ने उल्लेख गरेको छ ।
त्यस्तै कतारमा दुबै खोप लथ्गार्य खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरूले क्वारेन्टिन बस्नु नपर्ने भएको छ । त्यसैगरी अक्सफोर्ड-अष्ट्रजेनिया र जनसेन/जोनसोन एण्ड जोनसन खोपको मात्रा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका यात्रुले समेत क्यारेन्टि बस्नु नपर्ने मापदण्ड तोकेको छ ।
त्यसैगरी कतारमा कोभिड–१९ संक्रमण भई निको भएको १२ महिनाभित्र यात्रा गर्ने यात्रुले समेत क्यारेन्टिन बस्नु नपर्ने जनाएको छ । कतारले तोकेको मापदण्ड अनुसार खोपको मात्रा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका व्यक्तिका लागि पारिवारिक भ्रमण, व्यवसाय तथा पर्यटक भिसा जारी गर्न सकिने राजदूतावासले जनाएको छ ।