शिवशक्ति खाद्य उद्योगका संचालकसहित ३ जनाविरुद्ध ९ करोड बढी राजस्व छलीको मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले चितवनको रत्ननगरस्थित शिवशक्ति खाद्य उद्योगका संचालकसहित तीनजना विरुद्ध राजस्व छलीको मुद्दा दायर गरेको छ ।

विभागले शिवशक्ति खाद्य उद्योग प्रालिका संचालक दिनेश कुमार अग्रवाल र सीमा अग्रवाल  तथा थपलिया ट्रेड सप्लायर्सका संचालक रामप्रसाद थपलिया गरी तीन जना विरुद्ध ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ बराबर बिगो कायमगरी बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

उनीहरुले बास्तविक खरिद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेतको राजस्व चुहावट गरेको विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।


क्लिकमान्डु