बुध्द एयरले दैनिक ५६ उडान गर्ने, कुन गन्तव्यमा कति उडान ?



काठमाडौं । सरकारले आन्तरिक उडान पूर्णरुपमा खोल्ने निर्णय गरेसँगै बुध्द एयरले विभिन्न गन्तव्यका लागि काठमाडौंबाट दैनिक ५६ वटा उडान गर्ने भएको छ ।

बुध्द एयरका अनुसार सबैभन्दा धेरै उडान काठमाडौंदेखि भैरहवा र बिराटनगरमा ९/९ उडान, पोखरामा दैनिक ८ वटा उडान, भरतपुरमा दैनिक ६ वटा उडान, भद्रपुर र सिमरामा दैनिक ५/५ वटा उडान हुनेछन् ।

त्यसैगरी नेपालगञ्ज र जनकपुरमा दैनिक ४/४ वटा उडान, धनगढीमा दैनिक ३ वटा उडानका साथै सुर्खेत, तुम्लिङटार र राजबिराजमा दैनिक १/१ वटा उडान हुनेछन् ।

बुध्द एयरका अनुसार काठमाडौं-राजबिराज-काठमाडौंको उडान जुलाई ९ तारिखदेखि शुरु हुनेछ ।


क्लिकमान्डु