इसेवा मनि ट्रान्सफर र यूकेको सिफ्ट सर्विसबीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौं । इसेवा मनि ट्रान्सफर र यूकेस्थित सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै यूके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढि देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिन्छ ।

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ । साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।।

सिफ्ट यूकेमा अवस्थित् अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो । जसले विश्वभर सजिलो, सुरक्षित र किफायति तरिकाबाट रेमिट्यान्स् सेवा दिँदै आएको छ । सिफ्टले समय र दुरिको अवरोधबालाई पार गराइ दु्रत रेमिट्यान्स् सेवा मार्फत विश्वभरका मानिसहरूको आवश्यकता पुरा गर्दै आएको छ । सिफ्टसँग ६ महाद्विपका २ लाख ५० हजार भन्दा बढि स्थानहरूमा नेटवर्क सञ्जाल छ । एशिया, युरोप, अफ्किा, अष्टे«लिया, दक्षिण र उत्तर अमेरिका लगायतका विश्वका धेरै बैंक र एक्सचेञ्ज कार्यालयहरूबाट विप्रेषण पठाउने र भुक्तानीको सेवा दिँदै आएको छ ।


क्लिकमान्डु