नेपाल-चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई गर्यो सहयोग



काठमाडाैं । नेपाल-चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ ।
एसोसिएसनले बुधबार बिहान एक कार्यक्रममार्फत्  विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, खानेपानी प्रसोधन ,करौती,प्राथमीक उपचारको सामग्री , त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।
नेपाल-चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपत नआएको र आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताइन ।
यसैगरी राप्रपा का कार्यसम्पादन समिती सदस्य सोभित उप्रेतीले त्यस्तै, एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सेन्ट्रेटरहरु पनि प्रदान गरेको छ । यसअघि कुनैपनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सेन्ट्रेटर नभएका स्वास्थ्य चौकीहरुलाई कन्सेन्ट्रेटर  प्रदान  गरिने राप्रपा  कार्यसम्पादन समिती सदस्य सोभित उप्रेतीले बताए ।
दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले बताइन् । एसोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपत्कालीन अवस्थामा सहयोग गर्दै आएको तथा यो सहयोग पनि निरन्तरताको प्रक्रिया भएको जनाएको छ। यस अघी पनि मेलम्चीमा बाढी आउदा हेलम्बु र मेलम्ची बासी को लागी अति आवश्यकता सामाग्री बितरण गरेको अधक्ष्य  अन्जु पौडेलले बताइन । चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग स्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो ।


क्लिकमान्डु