संसारभर ३ अर्ब २५ करोड ८५ लाखले लगाए कोरोनाविरुद्धको खोप, नेपालमा मात्रै ७ लाख ५९ हजार



एजेन्सी । विश्वभर ३ अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकका आधारमा यो विवरण तयार भएको हो ।

जानकारी अनुसार चीनमा १ अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १० करोड १३ लाख ९४ हजार ६५० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

बेलायतमा ७ करोड ९९ लाख ७० हजार २ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी ७ करोड ७८ लाख ८२ हजार ४१४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

फ्रान्समा ५ करोड ७२ लाख ६९ हजार १५८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ५ करोड ६१ लाख ५६ हजार १०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा ५ करोड ४६ लाख ५६ हजार १५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान ५ करोड ८ लाख ७० हजार ९६३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

नेपालमा भने हालसम्म २६ लाख ११ हजार ८०७ जनाले कोरोनाको खोप लगाएका छन् । त्यसमा दोस्रो मात्रा लगाउनेको संख्या ७ लाख ५९ हजार ९५४ मात्रै छन् ।


क्लिकमान्डु