११ महिनामा वाणिज्य बैंकले कमाए ६२ अर्ब बढी, नाफा बढाउनेमा प्रभु बैंक पहिलो



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब ३६ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आवको असार मसान्तमा ५४ अर्ब ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । जसमा चालु आवको जेठ मसान्तसम्म आइपूग्दा १४.७४ प्रतिशत अर्थात् ८ अर्ब १ करोड ९ लाख रुपैयाँ थप गरेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ ।

गत असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म बैंकहरुले आर्जन गरेको नाफाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नाफा वृद्धिदर प्रभु बैंकको रहेको छ । साथै, दोस्रोमा कुमारी बैंक र तेस्रोमा मेगा बैंकको खुद नाफा वृद्धिदर बढी रहेको छ ।

गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २० वटा वाणिज्य बैंकको नाफा वृद्धि भएको छ । चालु आवको ११ महिनामा सबैभन्दा बढी नाफा प्रभु बैंकको ८१.६४ प्रतिशतले र सबैभन्दा थोरै लक्ष्मी बैंकको ०.५४ प्रतिशतले वृद्धि भएको हो ।

तर सो अवधिमा ७ वटा वाणिज्य बैंकको खुद नाफा असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तका घटेको छ ।

गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तमा सबैभन्दा धेरैले सेञ्चुरी बैंकको र सबैभन्दा थोरैले राष्ट्रिय वाणिज्य बैंकको नाफा वृद्धि घटेको छ ।

कुन बैंकको नाफाको वृद्धि कति ?
गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २० वटाको नाफामा ०.५४ प्रतिशतदेखि ८१.६४ प्रतिशतसम्म भएको छ ।

प्रभु बैंकः चालु आवको ११ महिनामा सबैभन्दा बढी नाफा बढाउने प्रभु बैंकले गत आवको असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुगदा ८१.६४ प्रतिशतले वृद्धि गरी २ अर्ब ४८ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।

कुमारी बैंक: बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ७१.२५ प्रतिशतले वृद्धि गरेर २ अर्ब १० करोड ५ लाख रुपैयाँ कायम गर्न बैंक सफल भएको छ ।

मेगा बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ५२ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ६२.९२ प्रतिशतले वृद्धि गरी २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल बंगलादेश बैक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म बैंकले ६०.३४ प्रतिशतले थप गरी १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंक:  गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ५७.८१ प्रतिशतले वृद्धि गरी १ अर्ब ७६ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।

प्राइम बैंक: गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म ४९.५६ प्रतिशत वृद्धि गरी बैंकले खुद नाफा ३ अर्ब ४२ करोड ९० लाख रुपैयाँ कायम गरेको छ ।

ग्लोबल आइएमई बैंक: गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३९.४५ प्रतिशतले वृद्धि गरी ४ अर्ब ३० करोड ६२ लाख रुपैयाँ पुर्याएको छ ।

माछापुच्छ्र्रे बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब २५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३४.१० प्रतिशतले वृद्धि गरी १ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक: गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३२.८० प्रतिशतले वृद्धि गरी ३ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।

सानिमा बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ७० करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३२.५३ प्रतिशतले वृद्धि गरी २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ ।

सिभिल बैंक: गत आवको असार मसान्तसम्म बैंकले ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३१.७७ प्रतिशतले वृद्धि गरी ६० करोड २१ लाख रुपैयाँ पुर्याएको छ ।

एनएमबि बैंक: गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३१.२९ प्रतिशतले वृद्धि गरी २ अर्ब ९८ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंक: गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २८.४७ प्रतिशतले वृद्धि गरी २ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।

नबिल बैंक: गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २४.२४ प्रतिशतले वृद्धि गरी ४ अर्ब ४३ करोड ११ लाख रुपैयाँ पुर्याएको छ ।

एनसीसी बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २२.५३ प्रतिशतले वृद्धि गरी १ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ ।

एनआइसी एशिया बैंक: गत आवको असार मसान्तसम्म बैंक ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको बैशाख मसान्तसम्म आइपुग्दा १७.५२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ ।

बैंक अफ काठमाण्डूः गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ १५.३५ प्रतिशतले वृद्धि गरी १ अर्ब ७४ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।

नेपाल बैंक: गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म १०.१३ प्रतिशतले वृद्धि गरी २ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ ।

सनराइज बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ५.०३ प्रतिशतले थप गरी १ अर्ब ४६ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।

लक्ष्मी बैंक: गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म अइपुग्दा ०.५४ प्रतिशतले वृद्धि गरी १ अर्ब ४९ करोड २८ लाख रुपैयाँ पुर्याएको छ ।

रकम रू १० लाखमा

११ महिनामा ७ बैंकले घटाए नाफा
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म ७ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ ।

जसमा सबैभन्दा बढी सेञ्चुरी बैंक ४०.७२ प्रतिशतले र सबैभन्दा थोरै राष्ट्रिय वाणिज्य बैंकको ११.८९ प्रतिशतले घटेको हो ।

सेञ्चुरी बैंकले गत आवको असार मसान्तसम्म ९० करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ४०.७२ प्रतिशतले घटेर ५३ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ ।

हिमालयन बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ३७.२० प्रतिशतले घटेर १ अर्ब ५९ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ ।

नेपाल एसबीआइ बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ५३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २७.६७ प्रतिशतले घटेर १ अर्ब १० करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ९८ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २६.३२ प्रतिशतले घटेर १ अर्ब ४६ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ ।

एभरेष्ट बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २४.०३ प्रतिशतले घटेर १ अर्ब ८९ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ ।

कृषि विकास बैंकले गत आवको असार मसान्तसम्म ३ अर्ब ४६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २३.२७ प्रतिशतले घटेर २ अर्ब ६६ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले गत आवको असार मसान्तसम्म ४ अर्ब ४५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ११.८९ प्रतिशतले घटेर ३ अर्ब ९२ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ ।


क्लिकमान्डु