आन्तरिक हवाई उडान पूर्णरुपमा खोल्ने सरकारको निर्णय



काठमाडौं सरकारले आन्तिरक उडान पूर्णरुपमा खोल्ने निर्णय गरेको

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले  हाल ५० प्रतिशत क्षमतामा भइरहेको उडान संख्यालाई बढाएर शतप्रतिशत बनाउने निर्णय गरेको हो

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले मन्त्रिपरिषदबाट निर्णय भएअनुसार विमानस्थलहरुलाई निर्देशन दिइसकिएकोक्लिकमाण्डूलाई जानकारी दिए

मन्त्रिपरिषदको निर्णयअनुसार विमान कम्पनीहरुको माग अनुसार उडान थप गर्नका लागि विमानस्थलहरुलाई निर्देशन दिइसकिएको , विशेष गरी पहिरोका कारण कैयन यात्रुलाई सडकमार्फत् यात्रा गर्न कठीनाइ भइरहेको  अवस्थालाई मध्यनजर गर्दै उडान थप गरिएको हो,’ उनले भने

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले आफूहरुलाई पत्र नआइसकेको बताउँदै बिहीबारदेखि पूर्णक्षमतामा उडान हुन सक्नेबताए

हाल सरकारले ५० प्रतिशत उडान कटौती गरेको जसका कारण हाल काठमाडौंबाट दैनिक विभिन्न गन्तव्यका लागि ६५ वटा उडानभइरहेको छन् पूर्णरुममा उडान सञ्चालन हुँदा दैनिक उडान संख्या १६५ सम्म पुग्छ

यसअघि वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गरी यात्रुको सहजता सस्तो टिकटका लागि उडान संख्या बढाउनु पर्ने माग गरेका थिए


क्लिकमान्डु