जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, १९ लाखको हात खाली, यसरी हेर्नुहोस नतिजा



काठमाडाैं । जीवन विकास लघुवित्त कम्पनीको आइपीओको बाँडफाँट भएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी एनएमबि क्यापिटलका अनुसार बुधबार विहान साढे ९ बजे बाँडफाँट भएको हो ।

कम्पनीको आइपीओ १ लाख ८४ हजार ८०१ जनाले पाएका छन् । उनीहरुमध्ये ५ जनाले थप १÷१ गरी ११ कित्ता सेयर पाएका छन् ।

जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८४ हजार ७३२ जनाले आवेदन दिएका थिए । जुन हालसम्म कुनै पनि आइपीओ परेको सबैभन्दा धेरै आवेदन हो ।

कम्पनीको आइपीओमा कुल ३ करोड १२ लाख ६६ हजार २६० कित्ताका लागि आवेदन परेको छ  ।

कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गरेको थियो ।

कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ, प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र नेटवर्थ प्रतिफल ३४.३९ प्रतिशत छ । कम्पनीको सञ्चित नाफा ४ लाख ७ हजार ६२१ रुपैयाँ छ ।

त्यसैगरी कम्पनीको आगामी तीन वर्षको प्रक्षेपित नेगवर्थ प्रतिफल आर्थिक वर्ष २०७७/७८ मा २९.१० प्रतिशत, आव २०७८/७९ मा २९ प्रतिशत र आव २०७९/८० मा २६.९६ प्रतिशत छ ।

यसरी हेर्नुहोस नतिजा

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा हेर्नका लागि जीवन विकास लघुवित्त, एनएमबि क्यापिटल र सीडीएससीको वेवसाइटमा हेर्न सकिन्छ । आइपीओ बाँडफाँट भएको केही घण्टापछि आइपीओको नतिजा सीडीएससी को वेवसाइटमा क्लिक गरी हेर्न सकिन्छ ।


क्लिकमान्डु